‘अपरेटरहरुले ठूलो जोखिम मोलेर पहिरो पन्छाए’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘अपरेटरहरुले ठूलो जोखिम मोलेर पहिरो पन्छाए’

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०८२, शुक्रबार

    चितवन, १० असोज । सडक डिभिजन भरतपुरले अपरेटरहरूले ठुलो जोखिम मोलेर तुइनखोलाको पहिरो पन्छाएको बताएको छ । 

    ‘मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोलामा अघिल्लो शुक्रवार देखि पटक पटक खसेको पहिरोको कारण करिब १०५ घण्टा यातायात अवरुद्ध हुन पुग्यो र निरन्तरको प्रयास पश्चात् हिजो राती १०ः३५ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। यस क्रममा सर्वप्रथम  निरन्तर डुङ्गाहरू खसिरहँदा समेत खतरा मोलेर सफा गर्नुहुने अपरेटर साथीहरू हृदयदेखिनै आभार व्यक्त गर्न चाहन्छौँ’, कार्यालयले समाजक सञ्जालमार्फत भनेको छ । 

    यसको अलावा फिल्डमा निरन्तर खटिएका सुपरभाइजर,  प्राविधिक साथीहरू एवं अन्य कर्मचारीप्रति पनि कार्यालयले आभार व्यक्त गरेको छ ।

    पहिरो पन्छाएसँगै अहिले मुग्लिन-नारायणघाट सडक निर्बाध दुईतर्फी सञ्चालनमा आएको छ ।