कमसल कच्चा पदार्थ प्रयोग गर्ने विरुद्ध मुद्धा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कमसल कच्चा पदार्थ प्रयोग गर्ने विरुद्ध मुद्धा

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०८२, शुक्रबार

    दमाैली, १० असाेज । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले कमसल कच्चा पदार्थ प्रयोग गर्ने केक पसल विरुद्ध मुद्धा प्रक्रिया अगाडी बढाएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा सञ्चालित एक केक पसलले कमसल कच्चा पदार्थ प्रयोग गरेको भेटिएपछि कारवाही स्वरुप मुद्धा प्रक्रिया अगाडी बढाइएको हो ।

    कार्यालयले दसैं लक्षित अनुगमनका क्रममा बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठको रोहवरमा खाद्य ऐन बमोजिम मुद्धा प्रक्रिया अगाडी बढाएको कार्यालय प्रमुख ज्योति आचार्यले जानकारी दिए ।

    कार्यालयले दसैंलाई लक्षित गरी कार्यक्षेत्रभित्रका तनहुँ सहित लमजुङ र गोरखामा बजार अनुगमनलाई तीव्रता दिएको छ । तनहुँको डुम्रे बजारका १५ खाद्यान्न, होटल र केक पसल, लमजुङको बेसीशहरस्थित बेकरी, आइसक्रिम, पानी उद्योग, गोरखाको सिरानचोक गाउँपालिका र पालुङटारका पसलहरुको अनुगमन गरिएको आचार्यले बताए ।

    उनका अनुसार सो क्रममा ४० वटा खाद्य नमूना सङ्कलन गरिएको छ । अनुगमनका क्रममा कैफियत भेटिएका गोरखाका दुई व्यापारीलाई सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जरिवाना गरेका छन् ।

    अनुगमनका क्रममा ५० हजार बराबरका खान अयोग्य म्याद नाघेको सामग्री नष्ट गरिएको छ । उनले भने, “कार्यालयले कार्यक्षेत्रभित्रका पाँच जिल्लामा निरन्तर अनुगमन गर्दै आएको छ । दसैंमा भने अन्य समय भन्दा बढी रुपमा अनुगमन भइरहेको छ ।”