जेनजीको मर्म अनुसार काम गर्न नसकेको भन्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री कार्कीको राजीनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जेनजीको मर्म अनुसार काम गर्न नसकेको भन्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८२, शनिबार

    काठमाडौँ, ११ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्।

    साम्पाङले जेनजी आन्दोलनका माग र मर्मअनुसार सरकार काम गर्न असफल भएको दाबी गर्दै कार्कीलाई पद छोड्न भनेका हुन्। उनले आफूले मागहरू एक-एक गरेर पूरा गर्नेसमेत बताएका छन् ।

    साम्पाङले भनेका छन् “सुशीला जी, तपाईंले जेनजीको मर्म अनुसारको काम गर्नु सक्नुभएन। राजीनामा दिनुस्। म गर्छु उनीहरूको माग पूरा, एक–एक गरेर।”