लियो प्रतिक्षालयमा रङरोगन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लियो प्रतिक्षालयमा रङरोगन

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८२, शनिबार

    दमौली, ११ असोज । व्यास नगरपालिका-१, विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसको मुख्य गेट अगाडि रहेको लियो प्रतीक्षालयमा लियो क्लब अफ तनहुँका सदस्यले शनिबार रंगरोगन गरेका छन् ।

    लियो क्लब अफ तनहुँको लायन वर्ष २०२१/२२ को तत्कालीन अध्यक्ष सुनिल मिश्रको नेतृत्वमा स्थापित गरिएको यस प्रतिक्षालय क्लबको एउटा सिग्नेचर प्रोजेक्टका रूपमा रहँदै आएको छ।

    विद्यार्थी तथा आसपासका बासिन्दाहरूलाई आराम गर्ने उद्धेश्यले निर्माण गरिएको प्रतिक्षालयलाई व्यास नगरपालिका, लायन्स क्लब अफ तनहुँ र आदिकवि भानुभक्त क्याम्पसको विशेष सहयोग रहेको छ ।

    विजया दशमीको अवसर पारेर प्रतिक्षालयलाई थप आकर्षक देखाउन रंगरोगन गरिएको क्लवका अध्यक्ष रोविन श्रेष्ठले बताए ।