कप्तान रोहित पौडेल ३८ रनमा आउट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कप्तान रोहित पौडेल ३८ रनमा आउट

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८२, शनिबार

    काठमाडौ, ११ असोज। वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक खेलमा नेपालले चौथो विकेटको रूपमा कप्तान रोहित पौडेललाई गुमाएको छ। सुरुवाती संकट टार्दै नेपालको इनिङ्स सम्हालेका कप्तान पौडेल ३५ बलमा ३८ रन बनाएर पभेलियन फर्किएका हुन्।

    आफ्नो संयमित पारी खेल्ने क्रममा उनले ३ चौका र १ छक्का प्रहार गरे। पौडेल आउट हुँदा नेपालले १२.४ ओभरमा ४ विकेटको क्षतिमा ८९ रन बनाएको छ।

    यसअघि कुशल मल्लसँग ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै उनले नेपाललाई सुरुवाती झट्काबाट उकासेका थिए। तर, कुशल मल्ल र त्यसको केही बेरमै कप्तान पौडेल पनि आउट भएपछि नेपाल पुनः दबाबमा आएको छ।

    अब क्रिजमा विस्फोटक ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी आएका छन्। नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्‍याउने जिम्मेवारी अब उनको काँधमा आएको छ।