नेपालले दियाे वेस्टइन्डिजलाई १४९ रनको लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपालले दियाे वेस्टइन्डिजलाई १४९ रनको लक्ष्य

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८२, शनिबार

    काठमाडाै, ११ असाेज । नेपालले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा वेस्टइन्डिजलाई १ सय ४९ रनको लक्ष्य दिएको छ । यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले शनिबार निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४८ रन बनाएको हो ।

    ओपनरद्वय कुशल भूर्तेललाई ६ र आसिफ शेखलाई ३ रनमा गुमाए पनि टेस्ट मान्यता प्राप्त राष्ट्रसँगको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले राम्रो स्कोर बनाउन सफल भयो ।

    कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३५ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । उनले कुशल मल्लसँग दोस्रो विकेटमा ५८ रनको साझेदारी गरे । मल्लले २१ बल खेली समान २ चौका र छक्का प्रहार गरी ३० रन बनाए ।

    गुलशन झाले पनि २ छक्का प्रहार गर्दै १६ बलमा २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १९ बलमा १७ रन बनाउने क्रममा १ छक्का प्रहार गरे । सन्दीप जोरा ९ रनमै आउट भए । करण केसी पहिलो बलमै आउट भए । सोमपाल कामी ५ बलमा ६ र नन्दन यादव २ बल खेली ७ रनमा अविजित रहे ।

    अमिर जाङ्गो, अकिम अगुस्टे, नवीन बिदाइसी र रेमोन सिमोन्ड्सलाई ‘डेब्यु’ गर्न दिएको वेस्टइन्डिजबाट अनुभवी जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २० रनमात्र खर्चेका थिए । बिदाइसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ओपनिङ बल लिएर आएको कप्तान एवं देव्रेहाते स्पिनर अकेल हुसैनले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।