वेस्ट इन्डिजविरूद्ध नेपालकाे ऐतिहासिक जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    वेस्ट इन्डिजविरूद्ध नेपालकाे ऐतिहासिक जित

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८२, शनिबार

    काठमाडौं, ११ असाेज । युएईमा आयोजित युनिटी कप अन्तरगतको पहिलो म्याचमा नेपालले वेस्ट इन्डिजलाई हराएको छ । नेपालको राष्ट्रिय टीमले कुनै पनि टेस्ट राष्ट्रलाई पहिलोपटक हराएको हो ।

    नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।

    वेस्ट इन्डिजका लागि नविन बिडाइसले सर्वाधिक २२ रन बनाए । बलिङमा नेपालका कुशल भुर्तेलले २, रोहित पौडेल, ललित राजवंशी, करण केसी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।

    त्यसअघि युएईको शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए ।

    कुशल मल्ल ३०, कुशल भुर्तेल ६, आसिफ शेख ३, गुल्सन झा २२, दीपेन्द्रसिंह ऐरी १७, सन्दीप जोरा ९ र करण केसी ० रन बनाएर आउट भए । सोमपाल कामी ६ र नन्दन यादव ७ रनमा अविजित रहे ।

    बलिङमा वेष्ट इण्डिजका जेसन होल्डरले सर्वाधिक ४ विकेट लिएका थिए । ३ खेलको टी(२०आई सिरिजान्तर्गतको दोस्रो खेल सोमबार हुनेछ । (नेपाल प्रेसबाट)