


काठमाडौ, १८ असोज । काठमाडौं कालिमाटीको सोल्टिमोडस्थित खोला किनारको सडक कटान भएको छ।
शनिबार परेको वर्षाका कारण काठमाडौं महानगरपालिका-१४ कोहिनुर हाउजिङ नजिकैको करखुसी खोला किनारमा सडक कटान भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सडक कटान भएपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन भएको छ।