पृथ्वीराजमार्गको आँबुखैरेनी र डुम्रेमा सवारी साधन रोकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पृथ्वीराजमार्गको आँबुखैरेनी र डुम्रेमा सवारी साधन रोकियो

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८२, शनिबार

    दमाैली, १८ असाेज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनीमा सवारी साधन रोकिएको छ । आज बिहानैदेखि निरन्तर वर्षा भइरहेकाले प्रहरीले ऑबुखैरेनीमा सवारी साधन रोकेको हो ।

    मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला र मुग्लिन–काठमाडौको जवाङ खोलामा पहिरोको जोखिम रहेकाले सवारी साधन सुरक्षित ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार ऑबुखैरेनीमा करिब दुई÷तीन सय सवारी साधन रोकिएका छन् । यस्तै बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा पनि सवारी साधन रोकिएको छ ।

    वर्षा भइरहेकाले अनावश्यक यात्रा नगर्न उनले आग्रह गरे । । वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा भने अहिलेसम्म अवरोध नरहेको कार्कीले उल्लेख गरे ।