तनहुँका कहाँ कहाँ कति पानी पर्यो ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका कहाँ कहाँ कति पानी पर्यो ?

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८२, शनिबार

    दमाैली, १८ असाेज । शुक्रबार रातिदेखि नै तनहुँका विभिन्न भागमा पानी परेपनि हालसम्म जिल्लाको अवस्था सामान्य छ । शनिबार पनि दिनभरजसो पानी परिरहेको थियो । पानीका कारण जिल्लामा हालसम्म अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागले विभिन्न ठाउँमा गरेको मापन अनुसार हालसम्म तनहुँमा पानीको मात्रामा सतर्कता तहभन्दा तल नै रहेको छ । विभागका अनुसार तनहुँको साँखरमा पछिल्लो २४ घण्टामा ५३ दशमलब ८ मिलिलिटर पानी परेको छ ।

    खैरेनीटारमा पछिल्लो २४ घण्टामा २६ दशमलब ४ मिलिलिटर, दमौलीमा ३५ दशमलब ४ मिलिलिटर, अत्रौलीटारमा ३० दशमलब ४ मिलिलिटर, कोटागाउँमा ५० मिलिलिटर पानी परेको छ ।

    फाइल तस्बिर