शुक्रबारदेखिको भारी वर्षाका कारण अहिलेसम्म २० जनाको मृत्यु, ११ जना बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    शुक्रबारदेखिको भारी वर्षाका कारण अहिलेसम्म २० जनाको मृत्यु, ११ जना बेपत्ता

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८२, आईतवार

    काठमाडौं, १९ असोज शुक्रबार रातिदेखिको वर्षाका कारण देशभरमा गरेर अहिलेसम्म २० जनाको मृत्यु भएको छ । राष्ट्रिय विदप् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षापछिको बाढी तथा पहिरो र डुबानबाट अहिलेसम्म देशभरमा २० जनाको मृत्यु भएको हो ।

    जसमा सबैभन्दा बढी इलाममा मात्रै १८ जनाको मृत्यु भएको छ भने उदयपुर र खोटाङमा एक एक जनाको मृत्यु भएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिए ।

    उनका अनुसार इलाममा मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । इलाममा भएका घाइतेको उद्दारका लागि इटहरीबाट नेपाली सेनाको हेलिकोप्टर पुगिसकेको भए पनि मौसम प्रतिकुलताका कारण फर्किन कठिनाइ भइरहेको केसीले बताए ।

    प्राधिकरणका देशका विभिन्न ठाउँमा ११ जना बेपत्ता रहेका छन् । जसमा सबैभन्द बढी इलाममा ७ जना र रसुवामा ४ जना बेपत्ता रहेका हुन् । यस्तै इलाममा नै २ जना घाइते भएका छन् । (नेपाल प्रेसबाट)