इलाममा ३४ जनाको शव भेटियो, ४ बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाममा ३४ जनाको शव भेटियो, ४ बेपत्ता

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८२, आईतवार

    इलाम, १९ असोज । अविरल वर्षापछिको पहिरोका कारण इलाममा ३४ जनाको मृत्यु भएको छ । कारण ४ जना बेपत्ता भएका छन ।

    इलाम प्रहरीका अनुसार ११ जनाको पोस्टमार्टम भएको छ । प्रहरीका अनुसार सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ ।

    यस्तै इलाम नगरपालिका ६, घोसमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यहाँ १ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार सन्दकपुर गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ । २ बेपत्ता भएको पुष्टि भएको छ ।

    यस्तै माङ्सेबुङ गाउँपालिकामा ३ को मृत्यु भएको पुष्टि भएको छ । देउमाई नगरपालिकामा ८ को मृत्यु भएको पुष्टि भएको छ ।

    यसैगरी माइजोगमाई गाउँपालिकामा ७ को मृत्यु भएको छ । १ जना बेपत्ता भएका छन् । यसैगरी फाकफोकथुम गाउँपालिकामा १ को मृत्यु भएको इलामकी सिडिओ सुनिता नेपालले बताइन् । उद्धारको काम भइरहेको छ ।