दुलेगाैडामा विङ्गर दुर्घटना, १२ जना घाइते : पाँच जनालाई पोखरा पठाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुलेगाैडामा विङ्गर दुर्घटना, १२ जना घाइते : पाँच जनालाई पोखरा पठाइयो

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८२, आईतवार

    दमाैली, १९ असाेज । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हेल्थपोष्टचोक नजिकै आज अपरान्ह भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन् । दुलेगौडाबाट लालिमतर्फ जाँदै गरेको ग १ ज ८३१७ नम्बरको जिप दुर्घटनामा चालक सहित १२ जना घाइते भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

    हेल्थपोष्ट नजिकको पहिरोमा विङ्गर जिप दुर्घटना हुँदा उक्त जिपका ११ र सोही जिपको ठक्करबाट ग १ ज ६५५३ नम्बरको जिपका अर्का एक जना घाइते भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।

    घाइते हुनेहरुमा शुक्लागण्डकी नगरपालिका–८ गणपते बस्ने ४५ वर्षीया दिलकुमारी राना, सोही ठाउँ बस्ने २६ वर्षीय कमल रोका, २४ वर्षीया सोनी सापकोटा, २१ वर्षीया रविना थापा, ६५ वर्षीय मोहनबहादुर क्षेत्री, ६४ वर्षीया मनमाया सिग्देल, १६ वर्षीय रविन भुजेल, २५ वर्षीया करिष्मा थापा, १६ महिनाकी रोशनी थापा, शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ३५ वर्षीया मन्जु विक, शुक्लागण्डकी नगरपालिका–१२ बस्ने ४९ वर्षीया देवीसिंह ठकुरी घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ । १६ महिनाकी रोशनी थापा, दिलकुमारी राना, रविना थापा, रविन भुजेल र देवीसिंह ठकुरीलाई गण्डकी मेडिकल कलेज पठाइएको छ ।

    अन्य घाइतेको दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा उपचार भइरहेको छ । केही समय अगाडी सडक भासिएर जोखिमयुक्त बनेको स्थानमा दुर्घटना भएको हो ।