बिहान ६ बजेबाट मुग्लिन नारायणगढ सडक सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बिहान ६ बजेबाट मुग्लिन नारायणगढ सडक सुचारु

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८२, सोमबार

    चितवन, २० असोज । आइतबार राति ९ बजेदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि फेरि सञ्चालनमा रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।

    हाल सडकखण्डमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। तर, सो क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेकाले यात्रु र सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
    प्रहरीले एक सूचनामार्फत भनेको छ, ‘मिति- २०८२/०६/२० गते बिहान ६:०० बजेबाट नारायणगढ- मुग्लिन सडकखण्ड सुचारु हालसम्म कुनै अवरोध नरहेको। यस खण्डमा पहिरोकाे जाेखिम कायमै रहेकाले कृपया सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रुमहानुभावहरूलाई हार्दिक अनुराेध गर्दछौं  ।’