


दमौली, २० असोज । हामी नेपाली ग्लोबल सेसेल्सको आयोजनामा यस वर्ष सेसेल्समा बडादशैं कार्यक्रम हर्षउल्लासका साथ सफलता पूर्वक सम्पन्न गरिएको छ।
रोजगारीका कारण व्यस्त जीवनशैलीका बावजुद पनि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू उत्साहपूर्वक सहभागी भएर आफ्नै धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्दै बडादशैं मनाउन सफल भएका छन्।
यस वर्ष हामी नेपाली ग्लोबल सेसेल्सले फरक ढङ्गबाट तीनवटै आइल्यान्ड — माहे, प्रास्लिन र लादिक — लाई समेट्दै बडादशैं कार्यक्रम सम्पन्न गरेको हो। कर्मभूमि सेसेल्समा राजनीतिक र चुनावी गतिविधि बीच पनि नेपालीहरूले आफ्ना सांस्कृतिक मूल्य र रीतिथितिहरूलाई जोगाउँदै यस्तो भव्य कार्यक्रम सम्पन्न गर्नु साँच्चिकै उल्लेखनीय विषय हो।

गत २ अक्टोबर २०२५ मा “हामी नेपाली ग्लोबल सेसेल्स प्रास्लिन र लादिक समिति द्वारा संयुक्त दशैं कार्यक्रम बिहान ११ बजेदेखि साँझ ९:३० बजेसम्म टीका–जमरा कार्यक्रम सम्पन्न भएको थियो।
उक्त अवसरमा समाजसेवी, सरल र सलिन व्यक्तित्व संस्थाका प्रासलिन सचिव श्री टुल्क प्रसाद लुइटेल (काका) बाट टीका–जमरा लगाउनेहरूको घुइँचो लागेको थियो।

संस्थाका अध्यक्ष दीपेन्द्र कुंवरको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि प्रस्तुत गरिएका थियो। कार्यक्रममा सहभागी नेपालीहरूले संस्थाले यस्ता सांस्कृतिक र सामाजिक कार्यक्रमहरू निरन्तर आयोजना गर्नुपर्ने सुझाव तथा उत्साहजनक प्रतिक्रिया दिएका थिए।

त्यस्तै, माहे आइल्यान्डमा ५ अक्टोबर २०२५ का दिन बडादशैं कार्यक्रम पनि भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टीका–जमरा ग्रहण कार्यक्रम बिहान ११ बजे प्रारम्भ भएको थियो ।
संस्थाका सचिव अइन्द्र विक्रम योङयाले दिउँसो २ बजेसम्म औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए । त्यसपश्चात अनौपचारिक कार्यक्रम भने संस्थाका बोर्ड अफ डाईरेक्टर पदम गुरुङले साँझ ५:३० बजेसम्म सञ्चालन गरेका थिए । सम्पूर्ण अतिथिहरूलाई संस्थागत डाइरेक्टर हरि तामाङले स्वागत गरेका थिए ।

कार्यक्रममा विविध सांस्कृतिक नृत्य, हास्य–मनोरञ्जन तथा खेलकुद गतिविधिहरू समावेश थिए। उक्त कार्यक्रममा विदेशी पाहुनाहरूको पनि सहभागिता रहेको र अत्यन्त हौसिएर नेपाली संस्कृतिप्रति चासो देखाएका थिए ।
सांस्कृतिक कार्यक्रमसँगै खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई स–साना पुरस्कारका साथ सम्मान गरिएको थियो। साथै, नेपाली समुदाय प्रति सकारात्मक सहयोग र सद्भाव प्रकट गर्ने विभिन्न संघ–संस्था तथा कम्पनीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
प्रवासमा रहेर छोटो समयमा नेपाली सांस्कृतिक परम्पराको जगेर्ना गर्दै सबैलाई एकै ठाउँमा ल्याउने हाम्रो यो प्रयास निरन्तर रहिरहने जनाइएको छ ।