अख्तियार प्रमुखबाट राजीनामा दिन राईलाई ‘जेनजी’को दबाब
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अख्तियार प्रमुखबाट राजीनामा दिन राईलाई ‘जेनजी’को दबाब

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०८२, मंगलवार

    काठमाडौ, २१ असोज । ‘जेनजी’को एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईलाई पदबाट राजीनामा दिन दबाब दिएको छ । जेनजी मुभमेन्ट अलायन्सले राईसहित सबै आयुक्तलाई राजीनामा दिन दबाब दिएको हो ।

    उक्त अलायन्समा आबद्ध व्यक्तिहरू मंगलबार (असोज २१) बिहान कार्यालय समय सुरु हुनेबित्तिकै काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालय पुगेका थिए । उनीहरूले राईको राजीनामाको मागसहित निवेदन दर्ता गराएका छन् ।

    “…७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको सहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ,” निवेदनमा उल्लेख छ ।