कैदीबन्दी फिर्ता हुन जारी म्याद सकियो, तनहुँमा एक सय ३५ अझै सम्पर्कविहिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कैदीबन्दी फिर्ता हुन जारी म्याद सकियो, तनहुँमा एक सय ३५ अझै सम्पर्कविहिन

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०८२, मंगलवार

    दमाैली, २१ असाेज । जेनजी आन्दोलनको बहानामा तनहुँ कारागारबाट भागेका एक सय ३५ कैदीबन्दी सम्पर्कविहिन भएका छन् । भदौ २४ गते कारागारबाट तीन सय २७ जना कैदीबन्दी भागेका थिए ।

    त्यसमध्ये एक सय ९२ जना कारागार फर्किएका छन् । कतिपय आफै फर्किएका हुन् भने अन्यलाई प्रहरीले पक्राउ गरेको थियो ।

    कारागार प्रशासनले असोज २० गतेभित्र आफै फर्किन कैदीबन्दीलाई सूचना जारी गरेको थियो । फरार कैदीबन्दी पक्राउ गर्न अब प्रहरीले विशेष अभियान सञ्चालन गर्नेछ । उनीहरुलाई कारागार ऐन, २०७९ र प्रचलित कानून बमोजिम कारवाही हुने जनाइएको छ ।