


दमौली, २१ असोज । वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले तनहुँ जिल्ला अदालत र तनहुँ बार इकाइलाई कम्प्युटर सहयोग गरेका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते अदालतमा आगजनी र तोडफोड भएकाले वाग्लेले मङ्गलबार तनहुँ अदालत र बारलाई एकरएक थान कम्प्युटर सहयोग गरेका हुन् ।
अदालतको कामलाई सहज बनाउन सघाउने उद्धेश्य सहित कम्प्युटर सहयोग गरेको वाग्लेले बताएका छन् ।