


दमौली, २३ असोज । तनहुँको म्याग्दे गाउँपालिका-७ शेराफॉटमा मोटरसाइकलको ठक्करबाट बिहीबार दुई जना घाइते भएका छन् । पोखराबाट नारायणगढ तर्फ जाँदै गरेको ग १० प ८४६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री र मोटरसाइकल चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विकले जानकारी दिए ।
घाइते हुनेमा मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका-२७ लेखनाथ बस्ने २४ वर्षीय गणेश पौडेल र पैदलयात्री काठमाडौ महानगरपालिका-३ चन्द्रागिरी बस्ने २२ वर्षीय अनिष खत्री रहेको प्रहरीले जनाएको छ ।