सूचना आदानप्रदानलाई सहज बनाउँछौ : डिएसपी विक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सूचना आदानप्रदानलाई सहज बनाउँछौ : डिएसपी विक

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०८२, शुक्रबार

    दमौली, २४ असोज । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले सूचना आदानप्रदानलाई सहज बनाउने बताएका छन् । हालै सरुवा भई आएका विकले शुक्रबार जिल्लास्थित पत्रकारहरुसँग अन्तरक्रिया गर्दै कार्यालयबाट हुने सूचनालाई सहज रुपमा सबै पत्रकारलाई उपलब्ध गराइने बताए ।

    प्रहरीका हरेक कामको जानकारी सञ्चारमाध्यमबाट जनतासम्म पुग्ने उल्लेख गर्दै विकले भने, ‘प्रहरी र पत्रकारबीचको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । हामी हरेक काममा सहकार्य गर्दै जानेछौ ।’

    प्रहरीले पत्रकारहरुबाट सधैं सकारात्मक सहयोगको अपेक्षा राखेको उनको भनाइ छ ।

    विकले चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना बनाइएको र सर्वसाधारणलाई ढुक्कसँग चाडपर्व मनाउने वातावरण सिर्जना गराउनु प्रहरीको दायित्व रहेको उल्लेख गरे ।