आँबुखैरेनीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८२, शनिबार

    दमाैली, २५ असाेज । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ खत्रीटोलस्थित भित्री सडकखण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    खत्रीटोलबाट पृथ्वीराजमार्गको मुख्यखण्डतर्फ आउँदै गरेको ग २६ प २२११ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ घरको भित्ताको ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा रुपन्देहीको बुटवल खैरहनी घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ बसपार्क बस्ने २८ वर्षीय विजय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । दुर्घटनामा घाइते उनलाई आँबुखैरेनी अस्पताल पठाइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।

    दुर्घटनामा मोटरसाइकलमा सवार गोरखाको सहिद लखन गाउँपालिका–९ घर भई हाल आँबुखैरेनी गाउँपालिका–३ बस्ने २२ वर्षीय विप्लव गुरुङ गम्भीर घाइते भएका छन् । उनको आँखामाथि र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनलाई चितवन मेडिकल कलेज पठाइएको छ ।