


दमाैली, २५ असाेज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा शनिबार बसको ठक्करबाट स्कुटरमा सवार दुई जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा स्कुटर चालक गोरखाको धार्चे गाउँपालिका–७ बस्ने २८ वर्षीय पुनराम गुरुङ र सवार ३२ वर्षीय मनोज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ९७०८ नम्बरको बस र विपरित दिशातर्फ जाँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर ठोक्किएको थियो । घाइते दुवैलाई भरतपुर पठाइएको छ ।