राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८२, शनिबार

    काठमाडाै, २५ असाेज । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनलाई भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

    ‘सामान्य बान्ता भएर उहाँलाई अस्पताल लगिएको हो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो। अस्पताल स्रोतका अनुसार अहिले त्यस्तो केही पनि जटिल समस्या देखिएको छैन। ‘बान्ता भएपछि ल्याउनु भएको रहेछ। त्यस्तो जटिल समस्या केही देखिएको छैन। नसासम्बन्धी केही समस्या छ कि भनेर न्युरोका डाक्टरहरूले हेरिरहनु भएको छ।’