अपाङ्गता महिला सशक्तीकरण समाज तनहुँको १६ औ साधारण सभा सप्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अपाङ्गता महिला सशक्तीकरण समाज तनहुँको १६ औ साधारण सभा सप्पन्न

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८२, शनिबार

    दमाैली, २५ असाेज । तनहुँका अपाङ्गता भएका महिलाहरु एकीकृत भएर स्थापना भएकाे अपाङ्गता महिला सशक्तीकरण समाजकाे साेह्राै साधारणसभा सम्पन्न भएकाे छ ।

    साधारणसभामा सामाजिक विकास कार्यालयका प्रमुख बिदुरहरि आचार्यले प्रदेश सरकारले सामाजिक क्षेत्रमा गर्ने कार्यलाई थोरै अनुदान मार्फत स्वावलम्बन हुन समुदायमा आधारित कार्यक्रमले अपाङ्गता भएका व्यक्तिकाे जीवन स्तर उकास्न अभिप्रेरित गरेको बताए ।

    अपाङ्गता अधिकारकर्मी मदन पौडेलले साधरण सभालाइ संस्थाले कर्मकाण्ड रुपमा नहेरी सदस्यहरु खुल्ला छलफलमा सहभागी भएर निर्णायक तहमा काम गर्ने सामर्थ्य राख्नुपर्ने बताए ।

    रिस्ती अपाङ्गता समन्वय समितिका अध्यक्ष पुरुषोत्तम रेग्मीले आफू महिला अपाङ्गताको अभिभावक भएर यहाँसम्म आइपुग्दा अपाङ्गता महिलाहरुनै घरमा पिल्सिएका अवस्थामा रहेकाे बताए ।

    अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाले तनहुँका महिला दिदिबहिनीहरु एक जुट भएर सीपमुलक तालिम, आय आर्जन, बीउपुँजी, क्षमता विकासमा सँगसँगै हातेमालो गरि अघि बढनुपर्ने बताए ।

    महिला सशक्तीकरण समाज तनहुँकी अध्यक्ष सीतादेवी कुवरले अपाङ्गता भएका महिला दिदिबहिनीको आर्थिक अवस्था कमजोर हुने हुँदा जीवनस्तर सुधारमा जीविकाेपार्जनमा संस्थाले टेवा पुर्याउदै आएको बताइन्।

    कार्यक्रममा सस्थाकी सचिव संगिता शर्माले वार्षिक प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।