बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा शिव घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा शिव घाइते

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८२, आईतवार

    दमौली, २६ असोज । तनहुँको बन्दीपुर गाउँपालिका-१ बेलभन्ज्याङमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय शिव घर्ती घाइते भएका छन् ।

    छिर्कनेबाट नाहाला तर्फ जॉदै गरेको ग.२० प ४१७३ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाई सडकमा पल्टिदा चालक नाहाला बस्ने घर्ती घाइते भएका हुन् ।

    उनको लक्ष्मी अस्पताल डुम्रेमा उपचार गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।