तोलामा ३ हजार बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तोलामा ३ हजार बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८२, आईतवार

    काठमाडौं, २६ असोज । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ । यसअघि बिहीबार सुनको भाउले २ लाख ३९ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।

    शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ । शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।