पेस्तोल बोकेको तस्बिर भाइरल बनेपछि एक युवक नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पेस्तोल बोकेको तस्बिर भाइरल बनेपछि एक युवक नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८२, आईतवार

    काठमाडाै, २६ असाेज । टिओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको तस्बिर भाइरल बनेपछि युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    पेस्तोल बोकेको तस्बिर भाइरल बनेपछि एक युवकलाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए।

    तेन्जिङ दावा भन्ने युवकलाई नियन्त्रणमा लिइएको हो। उनको स्क्रिनिङ भइरहेको एसपी भट्टराईले बताए। दावा अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छन्। उनले एउटा भिडिओ समेत बनाएर राखेको देखिएको छ। (सेतोपाटी)