मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेकाे निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेकाे निर्णय

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८२, आईतवार

    काठमाडाै, २६ असाेज । नेकपा एमालेले पार्टीको महाधिवेशन गर्ने, संसद् पुनस्थापना लागि नेतृत्व लिन र अहिले भएको प्रतिगमनविरुद्ध एकजुट हुने निर्णय गरेको छ । तीन दिनदेखि जारी पदाधिकारी बैठकले यी विषय पार्टीको केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जनाए ।

    बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्नै नेता ज्ञवालीले यही २९,३० र ३१ गते हुने केन्द्रीय कमिटी बैठकमा यी एजेन्डा लैजाने निर्णय भएको जनाएका हुन् ।
    उनले सरकार असंवैधानिक तरिकाले बनेको र चुनावको कुनै वातावरण नभएको जनाए ।

    ‘सरकार चुनाव गराउने बाटोमा छैन, सरकार चुनावका लागि तयारी नै छैन । प्रहरी चौकी लुट्नेहरूलाई कारबाही भएन, जेल तोडेर कैदीहरू बाहिर बसेका छन् । चौकीहरू पुनस्थापना भएको छैन’ कसरी चुनाव हुनसक्छ ?’ उनले भने–‘केन्द्रीय बैठक २९, ३० र ३१ गते बस्नेछ त्यसमा हामीले लगेका एजेन्डामा छलफल हुनेछ चुनावको पूर्वतयारी नै भएको छैन, दलहरूलाई धम्काएर निर्वाचन कसरी हुन्छ ? निर्वाचनको आत्मा मरिरहेको छ कसरी हुन्छ चुनाव ? अहिलेका गतिविधि चुनाव लक्षित छैन ।’

    नेता ज्ञवालीले संसद् पुनः स्थापनाबाट नै अहिलेको समस्याको निकास दिने जनाए । पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागबारे अनावश्यक विषय बाहिर आएको दाबी उनको थियो ।

    उनले भने, ‘मिडिया मोनुपुलेट भयो, दुई दिनमा कित्ताकाटका धेरै कुरा आए तर त्यसो होइन । नेतृत्वको विषयमा छलफल भएको हो, मन माझामाझ भएको हो, सबैले खुलेर कुरा गर्नुभएको छ, जीवन्त छलफल भएको छ, हामी महाधिवेशनमा जान्छौँ, प्रतिगमनविरुद्धको साझा निचोड आएको छ । ’

    मङ्सिरको अन्तिम साता पार्टीको महाधिवेशन गर्ने भएको छ। मिति र स्थान भने केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने ज्ञवालीले बताए। (नेपाल प्रेसबाट)