तनहुँ कारागारबाट भागेका ९३ कैदीबन्दी फर्किएनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ कारागारबाट भागेका ९३ कैदीबन्दी फर्किएनन्

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८२, आईतवार

    दमाैली, २६ असाेज । जेनजी आन्दाेलनका क्रममा गत भदाै २४ गते भागेका तनहुँ कारागारका ९३ जना कैदीबन्दी फर्किएका छैनन् । कारागार विभागले आइतबार सार्वजनिक गरेकाे सूची अनुसार ३२७ कैदीबन्दीमध्ये अझै ९३ जना फर्किन बाँकी छ ।

    कारागारबाट भागेकामध्ये कर्तव्य ज्यान, लागुऔषध, चोरी, डाँका, जबरजस्ती करणीका कैदीबन्दी रहेका छन् ।