देवघाटमा विद्युतीय शवदाह गृह निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा विद्युतीय शवदाह गृह निर्माण

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०८२, सोमबार

    दमौली, २७ असोज । चितवनको भरतपुर महानगरपालिका-१ देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण भएको छ । करिब सात वर्ष लगाएर १० करोडभन्दा बढी लागतमा शवदाह गृह निर्माण गरिएको हो।

    देवघाटमा निर्माण गरिएको विद्युतीय शवदाह गृह भरतपुर महानगरपालिलाई हस्तान्तरण गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजनाले शुक्रबार भरतपुर महानगरपालिकी मेयर रेनु दाहाललाई हस्तान्तरण गरेको हो । कार्यक्रममा मेयर दाहालले योजना बनाएर विद्युतीय शवदाह गृह व्यवस्थित रुपमा सञ्चालन गर्ने बताइन् ।

    भरतपुरमा सहरी विकास मन्त्रालयबाट विकास निर्माणका काम धेरै भएको बताउँदै उनले देवघाटमा आवश्यक परेको शवदाह गृह निर्माण गरेकोमा समेत धन्यवाद दिइन्। उनले

    सहरी विकास मन्त्रालयबाट भरतपुरमा ६५ किलोमिटर सडक, भरतपुरको प्रशासनिक भवन, भरतपुर अस्पतालको कुरुवा घरलगायतका विभिन्न भवन निर्माण भइरहेको

    बताइन् । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले चितवन सहित छिमेकी जिल्लावासीलाई विद्युतीय शवदाह गृहले सेवा पुऱ्याउन सहयोग गर्ने बताए । विद्युतीय शवदाह गृह वातावरणीय दृष्टिले पनि राम्रो हुने उनको भनाइ छ ।

    देवघाटमा २०७५ साल माघमा सम्झौता भएको विद्युतीय शवदाह गृहको निर्माण समय २०७७ साउन ३० गतेसम्म तोकिएको थियो । शवदाह गृह निर्माणको काम समयमा पूरा हुन नसकेपछि विसं २०८२ साल साउन ३० गतेसम्म पुनः म्याद थप गरिएको थियो ।

    १० करोड ३६ लाख रुपैयाँमा निर्माण भएको शवदाह गृहको भुइँ

    तलामा मलामी प्रतिक्षालय तथा पहिलो तलामा दुई वटा विद्युतीय शवदाह मेसिन राखिएका छन्। जडान गरिएको एउटा मेसिनले एउटा शव जलाउन करिब एक घण्टा लाग्ने सघन सहरी विकास आयोजनाका प्रमुख इन्जिनियर झपडबहादुर थापाले जानकारी दिए। शवदाह गृहको एक वर्षसम्म मर्मत निर्माणको काम ठेकेदार पक्षले गर्ने थापाले बताए।