म्याग्दे उद्योग वाणिज्य सङ्घ दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे उद्योग वाणिज्य सङ्घ दर्ता

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०८२, सोमबार

    दमौली, २७ असोज । तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाई समितिको अग्रसरतामा म्याग्दे उद्योग वाणिज्य संघ दर्ता गरिएको छ । म्याग्दे गाउँपालिकाभित्र व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरू, समितिका पूर्व सभापति तथा पदाधिकारी र म्याग्दे गाउँपालिकाका जनप्रतिनिधिहरूको सहमतिमा म्याग्दे उद्योग वाणिज्य संघ दर्ता गरिएको हो ।

    स्वायत्त व्यवसायिक संस्था जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता गरिएको छ। सोही बमोजिम तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाई समितिलाई नै म्याग्दे उद्योग वाणिज्य संघको रूपमा रूपान्तरण गरिएको छ।

    संघको अध्यक्षमा सुन्दरमणि अधिकारी, उपाध्यक्षमा सुरेन्द्र अधिकारी, सचिवमा राजिव श्रेष्ठ छन् ।