मोटरसाइकलको ठक्करबाट महिला घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    मोटरसाइकलको ठक्करबाट महिला घाइते

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०८२, सोमबार

    दमौली, ३ कात्तिक । ऋषिङ गाउँपालिका-१ गैराखुदीस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट सोमबार एक महिला घाइते भएकी छन् ।

    दमौलीबाट ऋषिङतर्फ जादै गरेको ग १३ प ११४६ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ५४ वर्षीया मन कुमारी थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइतेलाई प्रदेश अस्पताल दमौलीमा प्राथमिक उपचार पश्चात् गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ ।