


दमौली, ३ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडास्थित भित्री बजारमा सोमबार सॉझ आगलागी भएको छ ।
स्थानीय बद्रीकुमार श्रेष्ठको घरमा आगो लागेको हो । नेपाल प्रहरी, शुक्लागण्डकीको नगर प्रहरी र स्थानीयको सकृयतामा आगो निभाइएको हो । आगो निभाउन शुक्लागण्डकी नगरपालिकाको दमकल प्रयोग गरिएको थियो ।