भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०८२, मंगलवार

    चितवन, ४ कात्तिक । चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिकै आज विहान स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो ।

    राति दुई बजेको समयमा भरतपुर–१०, स्थित विमानस्थल नजिकै बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर–२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडी सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।