


काठमाडौं, ४ कात्तिक । कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिँदैछ। जोशीको धार्मिक परम्पराअनुसार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । उनको पार्थिव शरिरमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ।
केहीबेर अघि भीमदत्त नगरपालिकाबाट उनको शवयात्रा शुरु गरिएको छ । शवयात्रामा नेपालका लागि इजरायली राजदूतसमेत सहभागी छन्।
अध्ययनका लागि इजरायल गएका उनी गत २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। त्यसपछि उनको अवस्था अज्ञात थियो, तर गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरे।