


दमौली, ४ कात्तिक । तनहुँमा मङ्गलबार भएका दुई वटा दुर्घटनामा दुई जना घाइते भएका छन् ।
व्यास नगरपालिका-४ मा ग १६ प ४१ नम्बरकाे माेटरसाइकलकाे ठक्करबाट ऋषिङ गाउँपालिका-१ झापुटार बस्ने दुई वर्षीया बालिका घाइते भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । घाइतेलाई प्रदेश अस्पताल दमाैलीमा प्राथमिक उपचार पश्चात पाेखरा पठाइएकाे प्रहरीले जानकारी दिएकाे छ ।
यस्तै व्यास नगरपालिका-१ अम्रेनीमा स्कुटर दुर्घटना हुँदा चालक व्यास नगरपालिका-१० बस्ने २८ वर्षीय दिनेश राइ घाइते भएका छन् । डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग १५ प ९५५९ नम्बरको स्कुटर नियन्त्रण गुमाई सडकको डिभाईडरमा ठाेक्किदा उनी घाइते भएका हुन् । उनलाई प्रदेश अस्पताल दमाैली पठाइएकाे छ ।