


दमाैली, ४ कात्तिक। नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी आगामी कात्तिक १० गते दमौलीमा परेड गरिने भएको छ । एनपिएलको दोस्रो संस्करण सुरु हुनुअघि सातवटै प्रदेशमा ट्रफी परेड गराउने कार्यतालिका बमोजिम दमौली बजारमा १० गतेलाई समय निर्धारण गरिएको छ ।
उक्त ट्रफी दमौलीमा दिउँसो १२ः३० बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाइएको छ । पोखरा एभेन्जर्सले गण्डकी प्रदेशका विभिन्न जिल्लामा ट्रफी परेड गराउनेछ ।
गैडाकोट, मनकामना हुँदै ट्रफी दमौली ल्याउने कार्यतालिका तय भएको छ ।