


दमौली, ४ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमती घाइते भएका छन् ।
बेलचौताराबाट दमौली तर्फ आउँदै गरेको ग १९ प ६८२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा रामेछाप खाँडादेवी गा.पा.५ फुल्पा बस्ने बर्ष ३० को निशान श्रेष्ठ र वर्ष २६ की रमा श्रेष्ठ रहेका छन् ।