


दमाैली, ४ कात्तिक । व्यास नगरपालिका–२ बागबजार निवासी युवा अभियान्ता सुदीप गफ्फारले न्यानो स्वीटर अभियानका लागि देउसीभैलो सुरु गरेका छन् । जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई जाडो मौसममा न्यानो स्वीटर वितरण गर्न रकम सङ्कलन गर्ने उद्धेश्यसहित उहाँले सोमबारदेखि दमौली बजारमा देउसीभैलो सुरु गरेका हुन् ।
उनकाे यो अभियानमा कृष्ण प्रजापति र आकाश विकले सहयोग गरेका छन् । गत वर्ष देउसीभैलो खेलेर सङ्कलित रकमबाट तीन सय विद्यार्थीलाई स्वीटर वितरण गरेका उनले यस वर्ष पनि देउसीभैलो खेलेर विपन्न विद्यार्थीलाई सहयोग गर्ने जानकारी दिए ।
उनले भने, “केही रमाइलोका लागि, पिकनिक खान जानका लागि देउसीभैलो खेल्छन् । हामी भने सामाजिक कामका लागि देउसीभैलो खेलेका हौ ।”