


दमौली, ५ कात्तिक । पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित केबलकार एक दिन बन्द हुने भएको छ । भाइटीकाको दिन बिहीबार केबलकार सेवा बन्द हुने जनाइएको छ ।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको केबलकार सेवा तथा यस अन्तर्गतका ड्राईभ ईन रेस्टुरेण्ट, घुमाउने घर, जिपलाईन तथा स्काई साईकिलिङ लगायतका सम्पूर्ण सेवाहरु उक्त दिन बन्द हुने कम्पनीले जनाएको छ ।