


दमौली, ५ कात्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट गाजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१० थापागाउँ कामीटोल बस्ने २० वर्षीय प्रकाश विक र २३ वर्षीय अभिषेक विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पृथ्वी राजमार्ग सडक-खण्डमा सवारी साधन तथा शंकास्पद मानिसहरुलाई जॉच गर्ने क्रममा काठमाडौबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसबाट निजहरुलाई पक्राउ गरिएको हो।
साईडमा भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा सात सय ग्राम गाजा बरामद भएको जनाइएको छ ।