


दमौली, ८ कात्तिक । व्यास नगरपालिका-१२ कमलबारीमा कारको ठक्करबाट शुक्रबार सॉझ दुई जना घाइते भएका छन् ।
डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग २०प ५२२२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको बा ६ च७९९ १ नम्बरको कारले पछाडीबाट ठक्कर दिँदा दमौलीका दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा व्यास नगरपालिका- ४ बस्ने २७ वर्षीय सुवर्ण श्रेष्ठ र ४६ वर्षीया कल्पना श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुवे जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।