व्यासका मेयर न्यौपाने दुबई जाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका मेयर न्यौपाने दुबई जाने

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०८२, शनिबार

    दमाैली, ८ कात्तिक । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने दुबईमा हुने एसिया प्रशान्त सिटिज् समिटमा सहभागी हुन जाने भएका छन् । अक्टोबर २७ देखि २९ तारिखसम्म दुबईमा हुने एसिया प्रशान्त सिटिज् समिट मेयर फोरममा सहभागी हुन न्यौपाने त्यसतर्फ जान लागेका हुन् ।

    सम्मेलन आयोजक एक्स्पो सिटी दुबईले नगरप्रमुख न्यौपानेलाई विश्वभरका केही नगरप्रमुखमध्ये छनोट गरेको उनको सचिवालयले जनाएको छ । सम्मेलनमा एशिया, प्रशान्त, मध्यपूर्व, अफ्रिका र दक्षिण एसियाका प्रमुख सहरका नगरप्रमुखहरू सहभागी हुनेछन् ।

    तीन दशकदेखि निरन्तर आयोजना हुँदै आएको यो सम्मेलनको मुख्य उद्धेश्य विश्वका शहरहरूबीच सहकार्य, समाधानमुखी दृष्टिकोण र दिगो विकास प्रवद्र्धन गर्ने रहेको छ । यस वर्षको मुख्य विषयवस्तु सहकार्य, प्रेरणा र रुपान्तरण रहेको छ ।

    सम्मेलन आयोजक संस्थाले नगरप्रमुख न्यौपानेलाई पूर्ण रूपमा प्रायोजन गरेको छ । हवाइ, आवास तथा अन्य सम्पूर्ण खर्च आयोजकले बेहोरेको छ ।

    नगरप्रमुख न्यौपानेले यो आमन्त्रणलाई व्यास नगरपालिकाको मात्र नभई सम्पूर्ण नेपालको प्रतिष्ठा र पहिचानका रूपमा लिएको उल्लेख गरेका छन् । यस अवसरले व्यास नगरपालिकाका उत्कृष्ट अभ्यासहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने र अन्य शहरहरुका समकालिन उदाहरणिय कार्य एवं समस्याहरुका बारेमा अध्ययन अवलोकन गर्ने अवसर प्राप्त हुने अपेक्षा गरेको न्यौपानेले जनाए ।