


काठमाडौं, ९ कात्तिक । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र अमेरिका सम्मिलित सिरिज आज देखि युएईमा सुरु हुँदैछ ।
जहाँ नेपालले पहिलो खेलमा अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
मुख्य प्रशिक्षक स्टुअर्ट ल को आगमनपछि जुनमा स्कटल्याण्डमा भएको लिग टु मा चार मध्ये तीन खेल जितेर सानदार प्रदर्शन गरेको नेपालले चार महिनापछि लिग टु अर्थात ५० ओभरको खेल खेल्दैछ । यसबीचमा नेपालले टी२० विश्वकपमा स्थान पनि बनाइसकेको छ ।