ऑबुखैरेनीबाट लागुऔषध सहित एक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीबाट लागुऔषध सहित एक पक्राउ

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०८२, आईतवार

    दमौली, ९ कात्तिक । आँबुखैरेनी गाउँपालिकाो ४ बेनीटारमा लागुऔषध सहित आइतबार बिहान एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका-९ बस्ने २५ वर्षीय सागर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा शंकास्पद मानिसहरुलाई जॉच गर्ने क्रममा वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ९९ नम्बरको यात्रुवाहक बसमा सवार क्षेत्रीलाई २१ थान डाइजेपाम, फेनरागन र बुफ्रिन सहित पक्राउ गरिएको हो ।