ट्रकमा मोटरसाइकल ठोक्किदा दुई घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ट्रकमा मोटरसाइकल ठोक्किदा दुई घाइते

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०८२, सोमबार

    दमौली, १० कात्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ नारीघाटमा सोमबार ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् ।

    डुम्रेबाट आँबुखैरेनी तर्फ जॉदै गरेको ग.२ ख.२३३८ नं को ट्रकमा सोही दिशातर्फ जॉदै गरेको बा.प्र.०२-०२२ प.५००७ नम्बरको मोटरसाइकल ठक्कर खॉदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइते हुनेमा मोटरसाइकल चालक भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ बस्ने २८ वर्षीय अनिस भिन्दुवा श्रेष्ठ र २८ वर्षीया नविना हाकुजु श्रेष्ठ रहेका छन् । घाइतेको ऑबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।