


दमाैली, ११ कात्तिक । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा स्कोरपियोको ठक्करबाट मङ्गलबार दुई जना घाइते भएका छन् ।
डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बिएइ १६६८ नम्बरको स्कोरपियोले सोही दिशातर्फ गइरहेको प्रदेश ०२– ०२१ प १५३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक बाराको सिमरा उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय सरोज पराजुली र सवार ४२ वर्षीय गोविन्द खनाल रहेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।