पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०८२, मंगलवार

    काठमाडाै, ११ कात्तिक । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको छ ।

    अध्यक्ष नेपालको पतञ्जली जग्गा हिनामिनामा प्रकरणमा भ्रष्टाचार मुद्दा विचाराधीन छ ।

    गृह मन्त्रालय स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीका हैसियतमा उनलाई दिइएका सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको हो । नेपालले आफूलाई सुरक्षा थ्रेटको महसुस गरेमा मन्त्रालयमा निवेदन दिन सकिने गृह मन्त्रालय स्रोतले बताएको छ ।

    पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।