बन्दीपुरको खहरेमा फेला परेको अजिङ्गरको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरको खहरेमा फेला परेको अजिङ्गरको उद्धार

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०८२, मंगलवार

    दमाैली, ११ कात्तिक । तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेमा आज फेला परेको अजिङ्गरको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले स्थानीयवासीको सहयोगमा उक्त अजिङ्गरको उद्धार गरेको हो ।

    स्थानीयवासीले अजिङ्गर देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । कार्यालयबाट पुगेका कर्मचारीले अजिङ्गरको उद्धार गरी सुरक्षित बासस्थानमा छाडेको वन अधिकृत एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।