व्यासका मेयर न्याैपाने युनाइटेड सिटिज एण्ड लोकल गभर्मेन्ट्स एशिया–प्यासिफिक सदस्यमा निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका मेयर न्याैपाने युनाइटेड सिटिज एण्ड लोकल गभर्मेन्ट्स एशिया–प्यासिफिक सदस्यमा निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०८२, बुधबार

    दमौली, १२ कात्तिक । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय संस्था युनाइटेड सिटिज एण्ड लोकल गभर्मेन्ट्स एशिया–प्यासिफिक सदस्यमा निर्वाचित भएका छन् । न्यौपाने दुई वर्षका लागि उक्त संस्थाको सदस्यमा निर्वाचित भएका हुन् ।

    उक्त संस्थाले न्यौपानेलाई बधाई ज्ञापन गर्दै नगरपालिकाको अनुभव, दक्षता र दृष्टिकोणले सम्पूर्ण एशिया प्यासिफिक क्षेत्रमा स्थानीय सरकारहरूको सशक्तिकरण र सहयोग प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

    उक्त संस्था एशिया–प्रशान्त क्षेत्रका नगर र स्थानीय सरकारबीच नीति निर्माण, संवाद र दिगो विकासका लागि प्रमुख प्लेटफर्म हो। यस संस्थाले स्थानीय सरकारहरूको आवाज अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने र नीति निर्माणमा प्रभाव पार्ने काम गर्दै आएको छ।